नेपाली (尼泊尔语)

आधिकारिक प्राप्तकर्ता कार्यालयको वेबसाइटको नेपाली संस्करणमा छानिएका आवश्यक जानकारी मात्र समावेश छ। तपाईंले हाम्रो वेबसाइटको पूर्ण सामग्री अंग्रेजी, परम्परागत चिनियाँ वा सरलीकृत चिनियाँ भषामा पहुँच गर्न सक्नुहुन्छ।

आधिकारिक प्राप्तकर्ता कार्यालय (ORO) को वेबसाइटमा स्वागत छ। ORO को स्थापना 1 जुन 1992 मा भएको थियो र यसले जनवादी गणतन्त्र चीनको हङकङ विशेष प्रशासनिक क्षेत्रमा दिवालियापन सम्बन्धी विभिन्न वैधानिक कार्यहरू गर्दछ। हामी हङकङ SAR लाई प्रमुख अन्तर्राष्ट्रिय वित्तीय केन्द्रको रूपमा समर्थन गर्न उच्च गुणस्तरको दिवालिया सेवा प्रदान गर्ने लक्ष्य राख्छौं।

ORO का प्रमुख कार्यहरू यसप्रकार छन्:-

  • अदालत र ऋणदाताहरूले ट्रस्टी वा लिक्विडेटरको रूपमा काम गर्न नियुक्त गर्दा दिवालिया व्यवस्थापन सेवाहरू प्रदान गर्ने; दिवालिया कम्पनीहरू र दिवालियाहरूको सम्पत्ति बुझ्ने, ऋणदाताहरूको दावीहरूमा अनुसन्धान गर्ने; आय वितरण
  • साना मुद्दाहरूमा अन्तिम उपायको ट्रस्टी वा लिक्विडेटरको रूपमा कार्य गर्ने
  • दिवालिया, निर्देशक र दिवालिया कम्पनीका अधिकारीहरूको समस्यामा अनुसन्धान; व्यापार असफलताको कारणहरू अदालतमा रिपोर्ट; दिवालियापन अपराधमा व्यक्तिहरूलाई कारबाहीको पहल
  • निजी दिवालिया व्यवसायीहरूको आचरण/क्रियाकलापको अनुगमन, कोष लगानी, लेखा परीक्षण लिक्विडेटरहरू र ट्रस्टीहरू विरुद्धको उजुरीहरूको अनुसन्धान
  • दिवालियापन मुद्दाहरू सम्बन्धित कानून, नीतिहरू र प्रक्रियाहरूको समीक्षा र तिनीहरूमा परिवर्तनहरूको प्रस्ताव र अन्तर्राष्ट्रिय दिवालिया एजेन्सीहरूसँग सम्पर्क गर्ने
  • दिवालियापनका मामिलामा संलग्न अन्य सरकारी विभागहरू र वैधानिक निकायहरूलाई सहयोग प्रदान गर्ने

दोभाषे/अनुवाद सेवा

ORO ले आफ्ना सेवाहरूको प्रावधानमा चिनियाँ र/वा अंग्रेजी भाषा प्रयोग गर्दछ। यसले हङकङ क्रिस्चियन सर्भिस अन्तर्गत सेन्टर फर हार्मोनी एन्ड इन्हान्समेन्ट अफ एथनिक माइनोरिटी रेसिडेन्ट्स (CHEER) मार्फत विभिन्न जातिका व्यक्तिहरूलाई दिवालिया सेवा प्रदान गर्दा आवश्यक र उपयुक्त भएमा अनुवाद सेवाको व्यवस्था गर्नेछ। हाल, CHEER ले आठ भाषाहरूमा टेलिफोन अनुवाद सेवा प्रदान गर्दछ, जस्तै, बहासा इन्डोनेसिया, नेपाली, उर्दू, पंजाबी, टुगालग, थाई, हिन्दी, भियतनामी वा उपयुक्त भएमा अन्य सेवा प्रदायक मार्फत पनि अनुवाद सेवा उपलब्ध गराउँदछ। उपरोक्त अनुवाद सेवाहरूका लागि हटलाइन नम्बरहरू निम्नानुसार छन्:

बहासा इन्डोनेसिया 3755 6811
नेपाली 3755 6822
उर्दू 3755 6833
पंजाबी 3755 6844
टुगालग 3755 6855
थाई 3755 6866
हिन्दी 3755 6877
भियतनामी 3755 6888

थप विवरणहरूका लागि, कृपया CHEER को वेबसाइट https://hkcscheer.net/hk/ मा जानुहोस्।

यी बारे थप जान्नुहोस्